सेयर बजारमा हरियाली, नेप्से २ हजार बिन्दुमाथि

बिहिबार, १४ पुष, २०७९
डिजिटल संस्करण

आज सेयर बजार उच्च अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अंकले बढेर दुई हजार २९ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ।

गएको भदौपछि पहिलोपटक नेप्से दुई हजारको बिन्दुमा पुगेको हो। आज विकास बैंक, बिमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।

आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता सेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँबराबरको कारोबार भएकाेमा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ। 

यस दिन हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजारमा हरियाली भए पनि आज नेस्डाे समृद्ध लघुवित्तको सेयर भने एक प्रतिशतले घटेको छ।

सुझावित समाचार