लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सदस्यले १६ गते शपथ लिने भएका छन्। सरकारको तर्फबाट प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले शपथग्रहणका लागि १६ र प्रदेश अधिवेशन १८ गते आह्वानका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
नवनिर्वाचित सदस्यको शपथ स्थायी राजधानी दाङमा हुने तयारी भइरहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए। उनका अनुसार शपथ तथा प्रदेश सभाको बैठकका लागि नयाँ भवनमा आवश्यक तयारीको काम भइरहेको छ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार बैठकले लुम्बिनी प्रदेशको पूर्वसीमा नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीय तहलाई अनुरोधसमेत गरेको छ।