३ प्रश्न

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?
हाम्रा नेताहरूमा नैतिकता, विचार, व्यवहार र सिद्धान्त बाँकी छैन भन्ने पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । पुराना दल त विगतमा पनि स्वार्थ मिल्नासाथ जोडिँदै र स्वार्थ बाझिनासाथ अलग्गिँदै आएको देखिएकै हो । तर, आफूलाई नयाँ र परिवर्तनकारी दल भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसमेत पुरानालाई पनि माथ खुवाउँदै सत्ताका लागि दौडिएको देखियो । उहाँहरूको पनि एकमात्र ध्येय सत्ता प्राप्ति नै रहेछ भन्ने पुष्टि भयो । कुनै पनि दलमा सत्ताबाहेक अर्को एजेन्डा बाँकी नै नरहेको देखियो ।

जेजस्ता दल मिलेर सरकार बन्दै छ, त्यसबाट कति आशावादी हुन सकिन्छ ?
अहिलेको गठबन्धन नै अनौठो छ । यहाँ एकातिर आफूलाई क्रान्तिकारी घोषित गर्ने माओवादी छ । अर्कातिर आफूलाई असली पामपन्थी र राष्ट्रवादी शक्ति दाबी गर्ने एमाले छ । उता राजावादी, हिन्दू धर्मवादी र संघीयताविरोधी राप्रपा पनि छ । यो गर्छौं, त्यो गर्छौं भनेर निर्वाचन जितेको रास्वपा छ । यस्तो अवस्थामा यो सरकारबाट खासै आशावादी बनिहाल्न सकिन्छ जस्तो लाग्दैन ।

अहिले बनेको नयाँ गठबन्धनको  भविष्य कस्तो देख्नुहुन्छ ?
सात दलको गठबन्धन जोगाएर लान सजिलो छैन । माओवादी र एमालेबिचमै विश्वासको संकट छ । राप्रपा र रास्वपाको पनि विचार र व्यवहारबिच तालमेल देखिन्न । स्वार्थका आधारमा बनेको हुनाले यो गठबन्धन कुनै पनि वेलामा धरापमा नपर्ला भन्न सकिन्न । 

सुझावित समाचार