नागरिक उन्मुक्ति सरकारमा तत्काल नजाने

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो । 

उसले सरकारमा सहभागी हुन जेलमा रहेका नेता रेशम चौधरीको रिहाइको माग अघि सारेको छ । पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफ्ना माग अब बन्ने सरकारले सम्बोधन गर्छ–गर्दैन भन्नेमै आफ्नो पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने टुंगो लाग्ने बताइन् । 

उनले रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन प्रचण्डले यसअघि नै दिएकाले उनलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताइन् । 

सुझावित समाचार