प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएका छन्। प्रधानमन्त्रीको विषय टुंग्याउने भनिएको बैठकबाट प्रचण्ड केहीबेरअघि बाहिर निस्केका हुन्।
यद्यपि, अन्य नेताहरू भने छलफलमै छन्। प्रचण्ड एमाले अध्यक्ष केपी ओली निवास बालकोट जान लागेका स्रोतले जनाएको छ। ओली निवास बालकोट जान लागेका स्रोतले जनाएको छ। यसअघि माओवादीका महासचिव देव गुरुङले नयाँ पत्रिकासँग कुरा गर्दै कांग्रेसले अडान नछाडे गठबन्धन कायम नरहने चेतावनी दिएका थिए।
राष्ट्रपतिले सरकार बनाउन दिएको एक साताको समय आज सकिनै लागेपनि गठबन्धनमा पहिलो कार्यकाल को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो लागेको छैन। गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी दुवैले पहिले प्रधानमन्त्री आफूले पाउनुपर्ने अडान राखेका छन्।