नीतिगत बैठकअघि उत्तर कोरियाद्वारा दुई ब्यालिस्टिक मिसाइल प्रहार

शनिबार, ९ पुष, २०७९
डिजिटल संस्करण

नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नुअघि उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

स्थानीय समयअनुसार अपराह्न ४ः ३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफ (जेसिएस)ले  शुक्रबार एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो। 

सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँपटक क्षेप्यास्त्र प्रहार गरेको छ। नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद मिसाइल परीक्षण बढाएको छ।

सिएनएमले उल्लेख गरेअनुसार यस वर्षको सरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो।
 

सुझावित समाचार