नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री निवासमा जारी भेटवार्तामा सरकार निर्माणबारे छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। छलफलमा माओवादीबाट प्रचण्ड मात्रै सहभागी रहेका बताइएकाे छ।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शक्ति बाँडफाँडका विषय टुंग्याउन छलफलमा जुटेका छन्।