१९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण

तस्करीको करिब १९ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सुडानी नागरिक पक्राउ परेका छन्।

फ्लाइ दुबइको उडानमार्फत् शुक्रबार दिउँसो दुबईबाट नेपाल आएका ती व्यक्ति भन्सारको चेकजाँचका क्रममा पक्राउ परेका हुन्। उनले लुकाएर सुन तस्करीको प्रयास गरेको एक्सरे जाँचबाट पत्ता लागेको भन्सार कार्यालयले जनाएको छ।

सुझावित समाचार