१९ वर्षपछि छुटे चार्ल्स शोभराज, प्रहरीले अध्यागमनमा बुझायो

शुक्रबार, ८ पुष, २०७९
डिजिटल संस्करण
१९ वर्षपछि छुटे चार्ल्स शोभराज, प्रहरीले अध्यागमनमा बुझायो

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

१९ वर्षदेखि नेपाली जेलमा रहेका विश्वकै कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। सर्वोच्च अदालतले स्वास्थ्य अवस्था र उमेरलाई ध्यानमा राख्दै तत्काल छाड्न आदेश दिएसँगै उनी बाँकी नौ महिना कैद छुट पाएर जेलमुक्त भएका हुन्।

प्रहरीले उनलाई अध्यागमन विभागको जिम्मा लगाएको छ। त्यहाँबाट आवश्यक प्रक्रिया पूरा गरी उनलाई पुनः नेपाल आउन नपाउने गरी निष्कासनको तयारी गरिएको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देश पठाइदिन बुधबार आदेश दिएको थियो।

याे पनि : ‘चार्ल्स शोभराजले बिबिसी र नेटफ्लिक्सविरुद्ध कानुनी लडाइँ लड्ने’

सुझावित समाचार