जुम्ली भेषभूषामा सांसद, खस भाषामा शपथ

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

जुम्लाबाट प्रतिनिधिसभामा अहिले प्रत्यक्ष एक र समानुपातिकमा तीन सांसद निर्वाचित भएका छन्। 

प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाही, समानुपातिकतर्फ माओवादीबाट छिरिङल्यामु लामा, कांग्रेसबाट कान्तिका सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायत निर्वाचित भएका हुन्।

आज नयाँबानेश्वरस्थित संसद् भवनमा समानुपातिक दुई सांसद जुम्ली भेषभूषामा सजिएर खस भाषामा शपथ लिएका छन्। जुम्ली भेषभूषामा सजिएका सांसद सेजुवाल र कठायतले  खस भाषामा शपथ लिएका हुन्।

सेजुवाल चन्दननाथ नगरपालिकाकी पूर्वमेयरसमेत हुन्। नेपाली खस भाषामा शपथ लिएको यो नेपालको संसदीय इतिहासमै पहिलोपटक हो। यसअघि कुनै पनि सांसदले खस भाषामा शपथ लिएका थिएनन्।
 

See More On

सुझावित समाचार