संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले भने- पार्टीलाई व्यवधानमुक्त राख्न प्रतिबद्ध छु

बुधबार, ६ पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका छन्।  बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
 
सो अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रूपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद ज्ञापन गरे। उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए। 

कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्दा सभापति देउवा ६४ मत ल्याएर विजयी बनेका छन्। 
 

सुझावित समाचार