डोटीका भूकम्पपीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

सोमबार, ४ पुष, २०७९
डिजिटल संस्करण

डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको हो।

गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छजनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए।

काठमाडौं महानगरमा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई रु १० लाख सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए। उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको शाहले बताए। 

सुझावित समाचार