गगन थापाले अध्यादेशको विरोध गर्न सुहाउँदैन : दिपेश राई

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का पोलिटब्युरो सदस्य दिपेश राईले गगन थापालाई अध्यादेशको विरोध गर्ने अधिकार नभएको बताएका छन्।

कांग्रेस नेता तथा सांसद गगन थापाले अस्कल क्याम्पसअगाडि ढुंगामुढा गरेर हिंसा मच्चाएको इतिहास उदहारण भएकोले उनले हिंसालाई प्रोत्साहन गर्न खोेजेको भन्दै सरकारले ल्याउन खोजेको अध्यादेशको विरोध गर्न नसुहाउने नेता राईले बताएका हुन्। 

०६२-६३ को जनआन्दोलनभन्दा अगाडि थापाले तत्कालीन सरकारविरुद्ध विभिन्न खालका विध्वंस मच्चाउँदै आन्दोलनको नेतृत्व गरेका थिए। यसैले गगनले सरकारले ल्याएको अध्यादेशको विरोध गर्न नहुने उनको तर्क थियो।  

आन्दोलनमा लागेका साथीहरू जेलमा कैदीबन्दी हुँदा सरकारले उनीहरूलाई छुटाउनका लागि पहल गर्दै सम्झौता गरिसकेकोले बाधा अड्काउ फुकाउनका लागि कानुन शंसोधन गर्न सरकारले अध्यादेश ल्याउनु गलत भएको नेता राईको भनाइ छ। उनले भने, ‘यसैले अब यसको विरोध गर्नुपर्ने कुनै कारण छैन। विरोध गर्नेहरूको मूल्यांकन गरेर हिसाबकिताब जनताले गर्नुपर्छ।’   

आइतबार विराटनगरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘सरकारसँगको तीनबुँदे सहमति कार्यान्वयन र चुनौती’ विषयमा अन्तर्क्रिया गरेको थियो।    
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य महेश रेग्मीले सरकारले ल्याएको अध्यादेशमार्फत राजनीतिक बन्दीहरूको रिहाइ गर्नुपर्ने बताए।

कांग्रेस मोरङका कार्यबाहक सभापति भक्ति माझी, नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजयकुमार विश्वास, नेकपा क्रान्तिकारी माओवादीका मोरङ इन्चार्ज विमल निरौला, वैज्ञानिक समाजवादी पार्टीका नेता बद्री पासवानलगायतले राजनीतिक बन्दीहरूको विनासर्त रिहाइ र झुठा मुद्दा खारेज गर्नुपर्नेमा जोड दिएका थिए।

सुझावित समाचार