तस्बिरमा मानव अधिकार चलचित्र महोत्सवको उद्घाटन

आइतबार, ३ पुष, २०७९
डिजिटल संस्करण

१०औँ संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आइतबार प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा चलचित्र महोत्सवको उद्घाटन गरेका हुन्।

‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजित यस संस्करणको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स : टप अफ द वर्ल्ड’ देखाइएको छ।

६ पुससम्म सञ्चालन हुने महोत्सवमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिने आयोजक मानव अधिकार चलचित्र केन्द्रले जनाएको छ। 

सुझावित समाचार