डिजिटल मार्केटिङमा अघि बढ्दै अनलाइनजिल

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

स्थापनाको ६ वर्षमा अनलाइनजिलले आफूलाई सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ । स्थापनाकालमा सूचना प्रविधि कम्पनीको रूपमा सुरु भएको अनलाइनजिलले अहिले डिजिटल विज्ञापनसँग सम्बन्धित सेवा प्रदान गरिरहेको छ ।

अनलाइनजिलले ग्राफिक्स डिजाइन, सामाजिक सञ्जालमा विज्ञापन, वेब होस्टिङ, वेबसाइट निर्माण गर्नेलगायतका डिजिटल सेवा प्रदान गर्दै आएको कम्पनीका निर्देशक रितेन्द्रकुमार दासले जानकारी दिए । 

दुई दर्जन युवाको स्वामित्वमा रहेको यो डिजिटल मार्केटिङले अनुसन्धान र त्यसबाट प्राप्त नतिजाको आधारमा रणनीति बनाउने गरेको दास बताउँछन् । उनी भन्छन्, ‘हामी डिजिटल मार्केटिङ एजेन्सी मात्र होइनौँ, हामी अनुसन्धानदाता पनि हौँ । किनभने हामीले हरेक चिज अनुसन्धानका नतिजाका आधारमा तयार पार्छौँ ।’

दिनानुदिन डिजिटल मार्केटिङको  प्रभाव बढिरहेको समयमा आफ्नो कम्पनी आगागी दिनमा झनै रचनात्मक भएर आउने उनको विश्वास छ । 

सुझावित समाचार