युरोपेली संसदमाथि भ्रष्टाचारको आरोप लाग्नु ‘अत्यन्त गम्भीर’

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण
युरोपेली संसदमाथि भ्रष्टाचारको आरोप लाग्नु ‘अत्यन्त गम्भीर’

इभा काइली, उपाध्यक्ष (युरोपेली संसद्)

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्षविरुद्धको भ्रष्टाचारको आरोप लागेको छ। उक्त आरोप ‘अत्यन्त गम्भीर र चिन्ताको विषय’ भएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छिन्।

आयोग प्रमुख उर्सुलाले भनेकी छिन्, ‘युरोपियन संसद्का उपाध्यक्षविरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ। यो हाम्रा संस्थाहरूमाथिको मानिसहरूको विश्वासको प्रश्न हो। हाम्रो संस्थाप्रतिको विश्वासलाई  अक्षुर्ण राख्न आवश्यकता छ।’

जारी विश्वकप फुटबल प्रतियोगिताको आयोजक कतारका लागि गैरकारनुनी रूपमा ‘लबिङ’ गरेको आरोपमा बेल्जियमका अधिकारीले युरोपेली संसद्का उपाध्यक्ष इभा काइली र अन्य तीनजनालाई अनुसन्धानका लागि हिरासतमा लिएका छन्। 

सुझावित समाचार