धारिलो हतियार प्रहार गरी महिलाको हत्या

सोमबार, २६ मंसिर, २०७९
डिजिटल संस्करण

धनुषाको बटेश्वर गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार बटेश्वर गाँउपालिका– ५  शान्तिपुरकी २८ वर्षीया अमृता यादवको हत्या भएको हो । 

एसपी रजौरेले आज बिहान ४ बजेतिर धारिलो हतियार प्रहार गरी महिलाको हत्या भएको जानकारी दिए । हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि जनकपुरधामको काव्या अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

चार–पाँचजनाको समूहमा आएका नकाबधारी समूहले एक्कासि धारिलो हतियार प्रहार गरी भागेको अमृताका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई जानकारी दिएका छन् । 

प्रहरीले यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घटनाको विषयमा सोधपुछका लागि यादवलाई नियन्त्रणमा लिइएको एसपी रजौरेले जानकारी दिए । 

अमृताको शव पोस्टमाटमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । 

सुझावित समाचार