रुसमा विस्फोट, तीनजनाको मृत्यु

सोमबार, १९ मंसिर, २०७९
डिजिटल संस्करण

पश्चिमी रुसको रियाजान सहरनजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु भएकाे छ । अन्य ६ जना घाइते भएका छन् । 

रुसी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा एयरफिल्डमा रहेको विमान पार्किङस्थलमा विस्फोट भएको हो । विस्फोटमा विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ । रासस

सुझावित समाचार