अस्ट्रेलियालाई जित्नैपर्ने दबाब

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गर्दै विश्वकपमा नकआउट चरणमा स्थान सम्भावना कायम राख्यो । २३ नोभेम्बरमा अष्ट्रेलिया  साबिक विजेता फ्रान्ससँग ४–१ ले पराजित भयो । दोस्रो खेलमा ट्युनिसियालाई हराउँदै अस्ट्रेलियाले प्रतियोगितामा पुनरागमन गर्‍यो । अष्ट्रेलियाले विश्वकपमा १२ वर्षपछि जित निकालेको हो । मिट्च डुकको गोलमा अस्ट्रेलियाले ठूला प्रतियोगितामा तेस्रो जित निकालेको हो । 

समूह ‘डी’को अन्तिम खेलमा युरोपेली टोली डेनमार्कलाई हराउँदै अस्ट्रेलियालाई २६ वर्षपछि प्रिक्वार्टरफाइनलमा स्थान बनाउने अवसर छ । अष्ट्रेलिया  सन् २००६ मा नकआउट चरणमा स्थान बनाएको थियो । ब्राजिल, क्रोएसिया र जापान रहेको समूह ‘एफ’बाट उपविजेताको रूपमा अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरेको थियो । प्रिक्वार्टरफाइनलमा इटालीसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट माथि बढ्न सकेन । 

बुधबार ग्राहम अर्नोल्डको अस्ट्रेलिया फिफा वरीयतामा दशौँ स्थानमा रहेको डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन चाहन्छ । अस्ट्रेलिया फिफा वरीयताको ३८औँ स्थानमा छ । यद्यपि, अष्ट्रेलिया  फिफा वरीयता बिर्सेर मैदान उत्रनेछ । सन् २००६ पछि प्रिक्वार्टरफाइनलमा स्थान बनाउने वा नबनाउने समीकरण अस्ट्रेलियाकै हातमा छ । जितले सीधै स्थान बनाउनेछ भने हारले सम्भावना सकिनेछ । 

बराबर भए अस्ट्रेलियाको सम्भावना समाप्त हुन सक्छ । फ्रान्स ट्युनिसियासँग फराकिलो अन्तरले पराजित हुनुपर्छ । फ्रान्स अपराजित यात्रा कायम राख्दै तेस्रो जित निकाल्ने दाउमा छ । समूह ‘डी’ मा फ्रान्स दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहँदै एक खेलअघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । अष्ट्रेलियाको समान खेलबाट तीन अंक र दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनिसियाको समान दुई खेलबाट एक–एक अंक छ । 

See More On

सुझावित समाचार