सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सेनाको रिक्त पदका लागि भर्ना छनोटमा रहेका दुईजनालाई झुक्याउँदै ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मुगुको छायाँनाथ रारा नगरपालिका– १० झाकोटका ४० वर्षीय विकास भनिने सुरबहादुर बुढा र जुम्लाको तातोपानी गाँउपालिका– २ जर्मीका ३९ वर्षीय तेजेन्द्र रावत रहेका प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सुदर्शन पन्थीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध मुगु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार