टाटाका विद्युतीय गाडी किन्दा ८० प्रतिशतसम्म कर्जा पाइने

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण

 टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था गरिदिने भएको छ । ग्राहकलाई कर्जा व्यवस्था गरिदिने विषयमा कम्पनीले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार टाटा मोटर्सबाट विद्युतीय सवारीसाधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले एभरेष्ट बैंकका सबै शाखाबाट सात वर्षसम्म १२.८ प्रतिशत ब्याजदरमा सहज र किफायती कर्जा सुविधा पाउने जनाइएको छ । सवारीसाधनको कुल लागतको ८० प्रतिशतसम्म कर्जा बैंकले नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम प्रदान गर्ने उल्लेख छ ।

नेपालम विद्युतीय गाडीको प्रयोगलाई तीव्रता दिन टाटा मोटर्स र सिप्रदीले नेक्सन इभी र टिगोर इभी बिक्री गरिरहेको जनाइएको छ । नेक्सन इभी एसयुभी र टिगोर इभी सेडान रहेको कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार