मैदानमा धेरै समय बिताउने पाब्लो

चार विश्वकप खेलेका इटालीका लेफ्ट ब्याक पाब्लो माल्दिनीले मैदानमा दुई हजार दुई सय १७ मिनेट बिताए

मंगलबार, १३ मंसिर, २०७९
डिजिटल संस्करण

इटालीका लेफ्ट ब्याक सेन्टरका खेलाडी पाब्लो माल्दिनीको नाममा विश्वकपमा एउटा रेकर्ड छ । सम्भवतः उनले बनाएका रेकर्ड तोड्न मुस्किल नै छ । पाब्लोले चार विश्वकप खेल्दा मैदानमा सबैभन्दा धेरै समय बिताए । उनले दुई हजार दुई सय १७ मिनेट मैदानमा प्रतिस्पर्धा गरे । सन् १९९० को विश्वकपमा उनले डेब्यु गरेका थिए । इटालीले आयोजना गरेको विश्वकपमा पश्चिम जर्मनी विजेता बनेको थियो । डेब्यु विश्वकपमा पाब्लोले सेमिफाइनल स्थान पक्का गरे ।

सन् १९९४ को विश्वकपमा इटाली फाइनलसम्म पुग्दा पाब्लो मैदानमा खुबै जमेका थिए । डिफेन्स लाइनमा पकड जमाएका पाब्लोले अन्य खेलाडीलाई डिबक्सभित्र खासै चल्न दिएका थिएनन् । सो विश्वकपमा इटालीले नकआउट चरणदेखि नै रक्षात्मक खेल खेलेको थियो । रक्षात्मक रणनीति अपनाउँदा पाब्लोले डिफेन्स लाइनमा खुबै व्यस्त भएका थिए । सन् १९९४ को विश्वकपमा इटालीले समूह चरणमा शतप्रतिशत नै नतिजा निकाल्यो । प्रिक्वार्टरफाइनलमा इटालीले नर्वेलाई हरायो । क्वार्टरफाइनलमा इटालीले फ्रान्सको सामना गरेको थियो । पेनाल्टी सुटआउटमा इटाली फ्रान्ससँग पराजित भयो । 

एसियाली भूमिमा पहिलोपटक आयोजना भएको विश्वकप फुटबलमा इटाली समूह ‘जी’मा परेको थियो । इटाली उपविजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुग्यो । नकआउट चरणमा इटालीको प्रतिद्वन्द्वी दक्षिण कोरिया रह्यो । दक्षिण कोरियाले पहिलोपटक क्वार्टरफाइनल स्थान पक्का गर्ने क्रममा इटालीलाई हरायो । यससँगै इटालियन फुटबलकै लिजेन्ड खेलाडी माल्दिनीले आफ्नो अन्तिम विश्वकप यात्रा प्रिक्वार्टरफाइनलसम्म राखे ।

चारपटक विश्वकपमा सहभागिता जनाउँदा पाब्लोले प्रेरणादायी खेल प्रदर्शन गरेका थिए । डिफेन्स लाइनमा उनी हुँदा फिनिसिङ खेलाडी मजाले अगाडि बढ्थे । फुटबल करिअरमा उनी सिरि ए क्लब एसी मिलानबाट मात्रै खेले । मिलानबाट सन् १९८५ देखि २००९ सम्म खेल्दा उनले ६ सय ४७ खेलमा २९ गोल गरे । इटालीको राष्ट्रिय टोलीबाट उनले १९८८ देखि २००२ सम्म खेले । 

See More On

सुझावित समाचार