कस्टम ट्रान्जिट डिक्लेरेसनको छोटकरी रूप नै सिटिडी हो । नेपाल र भारतबीच भएको दुईपक्षीय व्यापार तथा पारवहन सन्धिमा उल्लेख भएअनुसार भारत भई स्थलमार्गबाट नेपालमा तेस्रो मुलुकबाट पैठारी हुने र नेपालबाट तेस्रो मुलुकमा निकासी हुने मालवस्तुका लागि नेपालको तोकिएको भन्सार बिन्दुसम्म ल्याउन र नजिकको बन्दरगाहसम्म ढुवानी गर्दा भर्नुपर्ने फाराम हो ।
यसको उद्देश्य भारतीय भूमिमा मालवस्तुको विचलन हुन नपाओस् भन्ने नै हो । निकासी हुने मालवस्तुको हकमा नेपालको सम्बन्धित भन्सार बिन्दुबाट र पैठारी हुने मालवस्तुको हकमा भारतको कोलकाता वा हल्दिया वा फुलबारी बन्दरगाहबाट यस प्रकारको पत्र जारी गरिन्छ ।