अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

इलाम २ को मतगणना स्थगित भएकाे छ। प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

इलाम नगरपालिकाका– १ को मतगणना बाँकी रहँदासम्म नेम्वाङ १३० मतले अघि देखिएका छन्। मतगणनाका लागि अन्तिम वडाका रूपमा रहेको २ को गणना चलिरहेका वेला कांग्रेसले विरोध जनाएपछि गणना रोकिएको हो।

गणनास्थलमा अहिले कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरिहेका छन्। अब करिब एक हजार जति मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ। 
 

See More On

सुझावित समाचार