सशस्त्र प्रहरीका आइजिपी र अमेरिकी राजदूतबीच भेटवार्ता

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच शिष्टाचार भेट भएको छ। 

सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा शुक्रबार भएको भेटका अवसरमा महानिरीक्षक अर्याल र राजदूतबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ। 

शिष्टाचार भेटवार्ताले दुई देशबीच रहिआएको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ।

सुझावित समाचार