जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (ख) प्रदेशसभा सदस्यमा कांग्रेसका हिमाल कार्की निर्वाचित भएका छन्।
सत्तागठबन्धनको तर्फ उम्मेदवारी दिएका कार्कीले प्रतिद्वन्दी नेकपा एमालेका ईश्वरमणि राउतलाई २१५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
कांग्रेसका उदयपुर जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर पुन दोस्रो पटक निर्वाचित भएको मुख्या निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए। उनका अनुसार कार्कीका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राउतले १४ हजार ७६४ मत ल्याएका छन्।
कार्की प्रदेश नं. १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् । कार्की यसै क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको साझा उम्मेदवार रामबहादुर थापा मगरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका थिए।