बाँके १ (क)मा माओवादीकी कृष्णा केसी विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

बाँके प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क)मा नेकपा (माओवादी केन्द्र)की कृष्णा केसी विजयी भएकी छन्। २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित केसी ९ हजार १०३ मतसहित पुनः विजयी भएकी हुन्।

केसीका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत ल्याउँदा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका उम्मेदवार नेन्द्रकुमार पौडेलले सात हजार २८५ मत पाएर तेस्रो भए। बाँकेमा माओवादी केन्द्रबाट विजयी हुने केसी एकमात्र उम्मेदवार हुन्।

See More On

सुझावित समाचार