माओवादीका सरल कञ्चनपुरबाट प्रदेश सभामा निर्वाचित

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रले कञ्चनपुरमा खाता खोलेको छ। कञ्चनपुर निर्वाचन क्षेत्र २ ‘क’ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका ओमविक्रम भाट ‘सरल’ निर्वाचित भएका हुन्।

सरलले निकटतम प्रतिस्पर्धी एमालेका वचनबहादुर सिंहलाई ४ सय ७४ मतान्तरले पराजित गरे। भाटले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत ल्याएका छन्। 

नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ पाएका छन्। यहाँ ५४ हजार ६८८ मध्ये ३३ हजार ९७५ मत खसेको थियो।
 

सुझावित समाचार