कैलाली ५ : एमालेका रानालाई कांग्रेसका पन्तले उछिने

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाट अग्रता लिएका एमालेका नारदमुनि रानालाई पन्तले एक सय ४१ मत अन्तरले पछि पारेका हुन्।

पन्तले चार हजार २०६ मत र रानाले चार हजार ६५ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले एक हजार ९३१ मत पाएका छन्। 

धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका दुईवटा वडा पर्ने क्षेत्र नम्बर ५ मा एक लाख पाँच हजार ७२३ मतदाता रहेकामा ६५ हजार ९८५ मत खसेको छ।
 

सुझावित समाचार