लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मी लगातार दोस्रो पटक निर्वाचित भएका छन्। उनी पर्सा क्षेत्र नम्बर २ (ख)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
सता गठबन्धनबाट उम्मेदवार बनेका कुर्मीले ९ हजार ४ सय ७१ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत पाएका छन् ।
०७४ को निर्वाचनमा सिंह, पर्सा २ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका कुर्मी ९ हजार ७ सय ६ मतका साथ विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामरुप कुर्मीले ७ हजार ६ सय ६२ मत पाएका थिए।