मोरंगमा कांग्रेसको विजयी यात्रा शुरु, प्रदेश सभामा गयानन्द मण्डल विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङमा नेपाली कांग्रेसको विजयी यात्रा शुरु भएको छ । मोरङको ५ (१)  मा उम्मेदवारी दिएका गयानन्द मण्डल गनगाई विजयी भएपछि कांग्रेसले जित आरम्भ भएको हो ।  विजयी गयानन्दले १४ हजार ८ सय ४३ मत प्राप्त गरेका छन ।  उनका निकतटम प्रतिद्वन्द्वीनेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् ।

मोरङको ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा मध्ये यो पहिलो नजिता हो । कांग्रेसका महासमिति सदस्य रहेका गयानन्द २०७० को  संविधानसभा निर्वाचनमा माओबादीका  शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए । यसपटक उनै मण्डल सोही क्षेत्रको प्रतिनिधिसभामा उठेपछि गयानन्द प्रदेशसभामा उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।
 

सुझावित समाचार