लमजुङमा देव गुरुङले घटाए मतान्तर

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा करिब आधा मतगणना सकिएको छ। जिल्लामा खसेको कुल ८० हजार ९१७ मतमध्ये अहिलेसम्म  ३९ हजार  ७५० मत गनेर सकिएको छ।

लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चुनावी मैदानमा छन्। 

सुरुवातदेखि पछि परेका माओवादीका गुरुङले मंगलबार दिउँसोदेखि मतान्तर घटाउन थालेका हुन्। एमाले उपमहासचिव गुरुङले १७  हजार ५६२ मत ल्याएर अग्रता कायम राख्दा माओवादीका महासचिव गुरुङले  १६ हजार ७५१ मत ल्याएका छन्।

मंगलबार पौने ९ बजेसम्मको पछिल्लो मतपरिणाम अनुसार  एमाले उम्मेदवार गुरुङसँग ८११ मतले पछि परेका छन्। मंगलबार बिहानसम्म गुरुङ एक हजार ९०९ मतले पछि थिए।

See More On

सुझावित समाचार