ताप्लेजुङ अपडेट : माओवादीका बुढाक्षेत्रीभन्दा एमालेका भट्टराई ६३३ मतले पछाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

गठबन्धनतर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीले मतान्तर बढाउँदै लगेका छन्। उनले ६६३ मतले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई पछि पारेका छन्। 

ताप्लेजुङ जिल्लबाट प्रतिनिधिसभाका उम्मेदवार गठबन्धनका बुढाक्षेत्रीले २ हजार ८ सय २९ मत पाएका छन् भने सचिव भट्टराईले २ हजार १ सय ९६ मत प्राप्त गरेका छन्। 

अहिलेसम्ममा ५ हजार ५ सय ५६ मत गणना भएको निर्वाचन कर्यालयले बताएको छ। दुईवटा ठाउँमा मतगणना थालिएको छ। जिल्लामा ८८ हजार २८५ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ४८ हजार ३७२ मत खसेको छ। 

सुझावित समाचार