अछामका दुवै क्षेत्रमा गठबन्धनको अग्रता

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

अछामका दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवार अग्र स्थानमा छन्। यहाँ क्षेत्र नम्बर १ र २ मा एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवार करिब तीन हजार मतले अघि छन्।

क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फका एकीकृत समाजवादीका शेरबहादुर कुँवर १० हजार ८८१ मतले अघि छन् भने एमालेका झपट बोहराले सात हजार १७ मत ल्याएका छन्।

यस क्षेत्रमा हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्मा ११३, स्वतन्त्र उम्मेदवारहरू राजन कुँवर एक हजार ९०३, महेन्द्र बहादुर बोगटी ८५ र हिक्मत कुँवरले ३३ मत ल्याएका मुख्य निर्वाचन अधिकृत शम्भु गौतले बताए।

जिल्लाको क्षेत्र नम्बर २ मा गठबन्धनका कांग्रेसका पुष्पबहादुर शाह नौ हजार ६६६ मत ल्याएर फराकिलो अन्तरले अघि छन् भने एमालेका यज्ञ बोगटीले ६ हजार ४४४ मत पाएका छन्। राप्रपाका मीनबहादुर शाहीले १०१, नेपाल मजदुर किसान पार्टीका झंकरबहादुर शाहीले ३४ र स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ४८ मात पाएका छन्।

See More On

सुझावित समाचार