चितवन २ मा अघि लागे रवि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर उत्साहजनक उपस्थिति देखाइरहेकाे छ। मतगणनाको सुरुवातदेखि नै पछि  परेका पार्टीका राष्ट्रिय सभापति रवि लामिछानेले अहिले अग्रता लिएका छन्। 

पछिल्लो गणनाले रविको पक्षमा ४ हजार ७ मत छ । सुरुबाटै अग्रता कायम गरेका कृष्णभक्त पोखरेलको ३ हजार ८ सय ७९ मत छ । भने गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठको पक्षमा ३ हजार ८ सय ७९ मत छ। 

यस्तै, चितवन १ मा १८ हजार ८ सय २५ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको ६ हजार ३ सय ६७ मत छ । एमालेका सुरेन्द्र पाण्डेको ५ हजार ३ सय ९९ मत सहित दोस्रो स्थानमा हुदाँ गठबन्धन बाट कांग्रेसका उम्मेद्धवार डा. विश्वनाथ पौडेल ५ हजार २ सय ९५ सहित तेस्रो स्थानमा छन्। 

मत दाताले नयाँ अनुहार चाहेका र हरि ढकाल चितवनकै भएकाले पनि शुरुवात बाटै उनको पक्षमा राम्रो मत आएको अनुमान गर्न सकिन्छ। 

इच्छाकामनाको पहाडी क्षेत्रका मत गणना हुँदासम्म एमालेका पोखरेल फराकिलो मतान्तर आएपनि इच्छाकामनाकै राजमार्ग आडका वडाहरूमा गणना हुन थालेपछि रविको मतान्तर कम हुँदै गएको छ । चितवन– २ मा इच्छाकामनासहित कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र बजार क्षेत्रका १० वटा ठुला वडा रहेका छन्।

 कालिका नगरपालिकामा आएपछि त्यो क्रम बढ्ने आशामा उनका समर्थक छन् । त्यसैगरी धेरै मतदाता रहेका भरतपुरका वडाहरूमा लामिछानेप्रति ‘लहर नै चले’को हुँदा उनीहरू जित धेरैको अनुमान छ । तर कालिका नगरपालिका र धेरै मतदाता रहेका भरतपुरका २, १०, ११ र १२ नम्बर वडा पनि एमालेको राम्रो प्रभाव रहेको ठाउँ हो।

चितवन ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो छ । त्यहाँ ठेकेदारको पृष्ठभुमि भएका पूर्व मन्त्रि समेत रहेका राप्रापाका विक्रम पाण्डे १६ हजार ९ सय पाँच मत गन्दा ४ हजार ७ सय ७४ सहित पहिलो स्थानमा र स्वतन्त्र पार्टीकी जिता बराल ४ हजार मत सहित दोस्रो स्थानमा छिन्। 

गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्धवार डा. भोजराज अधिकारी ३ हजार आठ सय २७ मत सहित तेस्रो हुदाँ एमालेको समर्थनमा कांग्रीस बाट बागि उम्मेद्धवार बनेका दिनेश कोइराला ३ हजार १ सय ७५ मत सहित चौथो स्थानमा छन्। 

चुनावका क्रममा आक्रामक प्रचार अभियान चलाएका र अन्तिम चुनावी सभामा नारायणी नदी किनारमा समर्थकहरूको राम्रै जमघट जुटाएका लामिछानेले समानुपातिक संगै प्रत्यक्षमा चितवन बाट राम्रो मत बटुलि रहेका छन्। यद्धपी गणना गर्न धेरै मत बाँकी नै रहेकाले कुनै पनि पार्टी आत्तिहाल्नु पर्ने अवस्था छनै।
 

See More On

सुझावित समाचार