साढे ९ हजार मत गन्दा कुन्ती शाहीको ४ सय मात्रै

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

दैलेख निर्वाचन १ मा झण्डै साढे नौ हजार मतगणना गर्दा  राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री कुन्तीकुमारी शाहीले चार सय २४ मात्रै मत ल्याएकी छन्। 

उनीसँगै चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार रविन्द्रराज शर्माले चार हजार दुई सय ७२ मत ल्याएर अग्रता  कायम गरेका छन्।

उनलाई एकीकृत समाजवादीका उम्मेदवार अम्मरबहादुर थापाले तीन हजार नौ सय ७६ मतका साथ पछ्याइरहेका छन्। उक्त निर्वाचन क्षेत्रमा हालसम्म तीन सय नौ मत बदर भएका छन्।

सुझावित समाचार