दाङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा गठबन्धनका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । पाँच हजार दुईसय ८५ मत गन्दा एकीकृत समाजवादीका चौधरीले दुई हजार ९९ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले एक हजार तीन सय २६ मत ल्याएकी छन् ।
उनीहरुबीचको मतान्तर सात सय ७३ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले एक हजार नौ मत ल्याएको निर्वाचन अधिकृत मानबहादुर विष्टले बताए ।
क्षेत्र नम्बर १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता मध्ये ८० हजार सात सय मत खसेको थियो । क्षेत्र नम्बर १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।