बाग्लुङ १ एमालेका पाठकको अग्रता चित्रबहादुर केसी तेस्रो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बाग्लुङ — बाग्लुङ क्षेत्र नं. नेकपा एमालेका डा सूर्य पाठकले अग्रता लिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलको सुरुवाती अग्रतालाई पछि पार्दै पाठकले अग्रता लिएका हुन्।

गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी भने तेस्रो स्थानमा रहेका छन्। पछिल्लो मतपरिणामअनुसार पाठकले ३९४ मत प्राप्त गरेका छन् भने कँडेलले ३६४ मत प्राप्त गरेका छन्।

पाठक कँडेलभन्दा  ३० मतले अगाडि छन् । त्यसैगरी, गठबन्धनका साझा उम्मेदवार केसीले २२७ मत प्राप्त गरेका छन्।

सुझावित समाचार