बाग्लुङमा माओवादीका देवेन्द्र पौडेलको अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बाग्लुङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पोडेलले सुरुवाती अग्रता लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका पौडेलले एक हजार एक सय पाँच मत गणना हुँदा ६ सय ६५ मत प्राप्त गरेका छन्।

पौडेलको मुख्य प्रतिस्पर्धी एमालेकी मञ्जु शर्मा चालिसेले दुई सय ९५ र राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ८६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुझावित समाचार