रुपन्देही १ मा एमालेको अग्रता, धनश्याम भुसाल चौथो स्थानमा

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर १ को ८ सय ४७ मत गणना गर्दा सत्तागठबन्धनको सर्मथन पाएका स्वतन्त्र उमेदवार धनश्याम भुसाल चौथो स्थानमा झरेका छन्। 

नेकपा एमालेका छविलाल विश्वकर्माले दुई सय ९२ मत प्राप्त गरी अग्रस्थानमा उक्लिएका छन्। जनमत पार्टीको चुनाव चिह्न स्पिकरले दुई सय ३० मत प्राप्त गरेको छ।

त्यसैगरी, रेशम चौधरीको उन्मुक्ति पार्टीले दुई सय २४ मत प्राप्त गरेको छ । घनश्याम भुसालले ८८ मत र स्वतन्त्र पार्टीका उम्मेदवारले ५७ मत प्राप्त गरेका छन्।

सुझावित समाचार