अछाम–२ मा मतगणना सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

अछाम क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। मंगलसेनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही बेरअघिदेखि मतगणना सुरु भएको हो। अहिले मतपत्र मिलाउने र अन्य व्यवस्थापन कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माका अनुसार सर्वदलीय बैठकमा दिउँसो साढे १ बजेदेखि मत गन्न सुरु गर्ने सहमति भए पनि केही समय ढिलो गरी मतगणना सुरु भएको हो। 

क्षेत्र नम्बर–१ मा भने दिउँसो ३ बजेपछि मात्रै मतगणना थालिने छ। बिहान दलहरूबीच भएको सहमति अनुसार दिउँसो ३ बजेपछि मात्रै मतगणना सुरु हुने भएको हो। दुईवटा निर्वाचन क्षेत्र रहेको अछाम जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनमा ५५ प्रतिसत मत खसेको थियो।

See More On

सुझावित समाचार