महोत्तरीमा शान्तिपूर्ण मतदान सम्पन्न, ६१ प्रतिशत मत खस्यो

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

महोत्तरीमा शान्तिपूर्ण मतदान सकिएको छ। मतदान समाप्त पछिको प्रारम्भिक जानकारी अनुसार ६१ प्रतिसत भन्दा बढ़ी मतदान भएको मुख्य निर्वाचन अधिकृत हेम बहादुर सेन ले बताए।

 उनले अझै तथ्यांक अपडेट भइरहेकोले यकिन तथ्यांक नभए पनि ६१ प्रतिशतभन्दा बढी मत खसेको सेनले बताए। 

अहिले मतपेटिका गणना स्थलमा आउन सुरु भइसकेको छ। जिल्लामा शान्पिूर्ण मतदान सम्पन्न भएको बताउदै उनले नक्कली मतदाता चारजनालाई नियन्त्रण लिइएको बताए। 

अरुको नामबाट मत हाल्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रण लिएको छ। क्षेत्र नं १ ख मा रहेको मावि निगौल मतदान केन्द्रमा अरुको मत हाल्न खोजेका चारजना नियन्त्रण मा लिएको इलाका प्रहरी कार्यालय गौशाला का प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए। परिचय नखुलेको ती व्यक्तिलाई अनुसन्धानका थुनामा राखिएको छ। 

सुझावित समाचार