प्रधानमन्त्रीको गृहजिल्लामा खस्यो ४५ प्रतिशत मत

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ४५ प्रतिशत मत खसेको छ। यो दिउँसो ४ बजेसम्मको अपडेट हो।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भइरहेको छ। ‘एक निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ४५ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ, अहिले पनि मतदाता लाइनमा बसेर मतदान गरिरहेका छन्।’

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ९१ हजार २ सय मतदाता छन्। देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए। यहाँ देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल मुख्य प्रतिस्पर्धी हुन्।

सुझावित समाचार