ताप्लेजुङमा २२ प्रतिशत मत खस्यो

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङमा अहिलेसम्म करिब २२ प्रतिशत मत खसेको छ। दिउँसो २ बजेसम्म २१.७७ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी महेश पोख्रेलले जानकारी दिए।

उनका अनुसार जिल्लामा अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको छ। यता, ६७ मतदाता रहेको ग्याब्ला मतदान केन्द्रमा १९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत दिनेश खनालले बताए।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका छन्। जिल्लाका ७५ स्थानमा १ सय २३ मतदान केन्द्रमा अहिले मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

सुझावित समाचार