सिराहामा ४० प्रतिशत मतदान सम्पन्न

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

सिराहामा ४० प्रतिशत मत खसेको छ। दिउँसो साढे २ बजेसम्म जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी ४० प्रतिशत (१ लाख ७० हजार वढी) मत खसेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।

केही मतदान केन्द्रमा ५० प्रतिशत बढी मतदान भए पनि जिल्लामा समग्रमा ४० प्रतिशत मत खसेको उनले बताए। अहिले मतदान केन्द्रहरूमा मतदाताको भिडभाड न्यून देखिएको छ। प्रजिअ कवारीका अनुसार जिल्लाभर अहिले शान्तिपूर्ण मतदान भैरहेको छ। जिल्लाभर ५०–६० प्रतिशत मत खस्ने सम्भावना रहेको उनले बताए। 

जिल्लाभर कुल चार लाख २२ हजार मतदाता रहेका छन्। प्रतिनिधिसभा सदस्यमा ८७ र प्रदेश सभा सदस्यमा १२३ जना उम्मेदवार रहेका छन्। यस्तै, जिल्लाभर २२१ मतदान स्थल र ५ सय ७ मतदान केन्द्र रहेको छ।

सुझावित समाचार