मकवानपुरमा खस्यो ३० प्रतिशत मत

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर जिल्लामा साढे ११ बजेसम्ममा ३० प्रतिशत मतदान भएको छ । 

जिल्ला निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार जिल्लाका सबै केन्द्रमा खसेको मत प्रतिशत करिब ३० रहेको छ । सबै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको पनि उनले जानकारी दिए । 

सुझावित समाचार