लोकतन्त्रमा कसैको हार हुँदैन, सबैको जित हुन्छ : प्रचण्ड (भिडियो)

आइतबार, ४ मंसिर, २०७९
डिजिटल संस्करण

माओवादी अध्यक्ष प्रचण्डले कुन पार्टीले कति मत ल्यायो भन्ने भन्दा पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको बताएका छन् । 
गृहजिल्ला चितवनस्थित शिवनगर केन्द्रबाट मतदान गरेपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले संविधानलाई संस्थागत बनाउन यसपटकको निर्वाचनको ठूलो महत्व रहेको बताए । उनले मतदानमा सहभागी हुन सबै मतदातालाई अपिल गरेका छन् । 

संविधान बहिस्कार गरेका र संविधान भत्काउन खोजेकाहरू पनि निर्वाचनमा सहभागी हुनु ऐतिहासिक भएको उनले बताए । उनले संविधानसभाबाट संविधान घोषणा भएपछि प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो निर्वाचन भएकाले पनि यसलाई ऐतिहासिक रूपमा लिएको प्रतिक्रिया दिए ।

सुझावित समाचार