प्रचण्ड सहभागी हुने भोजपुरको चुनावी सभामा विस्फोट

बुधबार, ३० कार्तिक, २०७९
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक–वाम गठबन्धनको भोजपुरको चुनावी सभामा विस्फाेट भएको छ। 

भोजपुरको  पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राईका अनुसार  विस्फोटमा  परेर भोजपुर चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन्।

प्रहरीले एकजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। एसपी राईका अनुसार एकजना शंकास्पद व्यक्तिले झोलामा बोकेको विस्फोटक पदार्थ सभालाई सम्बोधन गर्न प्रमुख अतिथि प्रचण्ड आउने वेलामा आचानक विस्फोट भएको थियो। 

हाल अवस्था सामान्य भएको र अध्यक्ष प्रचण्ड केही बेरेमै चुनावी सभामा सहभागी हुनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बुधबार एकै दिन मोरङ, सुनसरी, भोजपुर, खोटाङ र ताप्लेजुङमा गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। 

मोरङको सुन्दरहरैँचा र सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्बोधन गरिसकेपछि प्रचण्ड भोजपुर जान लागेका थिए।      
 

सुझावित समाचार