३ प्रश्न

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले सुरु गरेको मतदाता शिक्षा कार्यक्रम कसरी अगाडि बढिरहेको छ ?
निर्वाचन आयोगले विभिन्न मोडालिटीमा मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । आयोग धेरैभन्दा धेरै मतदाताकहाँ पुग्ने प्रयास गरिरहेको छ । त्यसअनुसार आयोगले डिजिटल रूपमा सामाजिक सञ्जालसहित भौतिक रूपमा मतदाताकोमा पुग्ने प्रयास गरिरहेको छ । देशभर नमुना मतदान कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । यस अभियानलाई निजी क्षेत्रसँग सहकार्य गरी प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँ ।

विगतको अनुभवका आधारमा बदर मत घटाउन आयोगसँग कस्ता योजना छन् ? 
०७४ को निर्वाचन र गत स्थानीय तह निर्वाचनको अनुभवका आधारमा धेरै मत बदर भएका स्थान पहिचान गरेर लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ । डिजिटल प्लाटफर्मलाई  जतिसक्दो बढी प्रयोगमा ल्याइएको छ । हामीले त्यस्ता क्षेत्रमा नमुना मतदानलगायत प्रभावकारी गतिविधिलाई प्रयोग गरिरहेका छौँ । यस्ता कार्यक्रमबाट बदर मतको संख्या घटाउन सकिने अपेक्षा आयोगले गरेको छ ।

मतदाता शिक्षालाई प्रभावकारी बनाउन केकस्ता माध्ययमलाई प्रयोगमा ल्याउनुभएको छ ?
विशेषगरी सामाजिक सञ्जाललाई  प्रयोगमा ल्याएका छौँ । छापा माध्यम, अडियो, भिडियो सामग्री, ई–बुलेटिन, डिजिटल डिस्प्ले आदिमार्फत जनचेतना फैलाइरहेका छौँ । भिडियोमा पनि सांकेतिक भाषा प्रयोग गरिएको छ । आयोगले कल सेन्टरमार्फत पनि जिज्ञासाको समाधान गरिरहेको छ । विभिन्न स्थानमा कन्सर्ट कार्यक्रम पनि गरिएको छ । 

सुझावित समाचार