मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २८ सोमबार
  • Wednesday, 17 September, 2025
कमलराज भट्ट काठमाडौं
२o७९ कार्तिक २८ सोमबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २८ सोमबार १४:५३:oo

सर्वोच्च अदालतले ललितपुर ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीलाई कायम राख्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले १५ कात्तिकमा न्यायाधीश कुमार चुडालको एकल इजलासले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै तोसिमाको उम्मेदवारी कायम राखेको हो। 

मेडिकल काउन्सिलको सदस्य पदमा बहाल रहेर लाभ लिएको भन्दै निर्वाचन आयोगले १२ कात्तिकमा तोसिमाको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध तोसिमाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

सर्वोच्चका न्यायाधीश चुडालको एकल इजलासले काउन्सिलको निर्वाचित सदस्य पदलाई लाभको पद मान्न नसकिने र यो लाभको पद हो–होइन भनेर निवेदन दिँदा निर्वाचन आयोगले समयमै जानकारी नदिएको भनेर तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय अघि नबढाउन आयोगलाई निर्देशन दिएको थियो। 

त्यसविरुद्ध आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो। उक्त निवेदनमा सोमबार सुनुवाइ गर्दै संयुक्त इजलासले एकल इजलासको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।